• ट्रेण्डिङ्ग :
गढवामा सामुदायिक मेलमिलापकर्ताहरुका लागि पुनर्ताजगी कार्यक्रम

गढवामा सामुदायिक मेलमिलापकर्ताहरुका लागि पुनर्ताजगी कार्यक्रम


  • 13.6K
    SHARES
    • माघ १४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 20.9K Views

    गढवामा सामुदायिक मेलमिलापकर्ताहरुका लागि पुनर्ताजगी कार्यक्रम

    आलोक भावुक

    images

    गढवा, १४ माघ । गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलापकर्ताहरुका लागि पुनर्ताजगी कार्यक्रम आइतबार गढवा २ पुतलीबजारमा सम्पन्न भएको छ ।

    मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन गढवा गाउँपालिका न्यायिक समितिको आयोजना सम्पन्न भएको हो ।

    न्यायिक समिति संयोजक तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । पुनर्ताजगी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदाकुमारी चौधरीले बोली व्यवहारको विकास गर्नसके मेलमिलापकर्ताहरुको लागि पुनर्ताजगी कार्यक्रमले ठूलो सहयोग पुग्ने बताउनुभयो ।

    त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीले गढवा गाउँपालिकाको न्यायिक समितिले नमूना कामहरु गर्दै आएको बताउनुभयो । जटिलभन्दा जटिल र वर्षौंका मुद्दाहरु सजिलै मेलमिलाप गरी मिलाएको बताउँदै न्यायिक समितिको कार्यसम्पादन उत्तम भएको बताउनुभयो । आउने दिनहरुमा सामुदायिक मेलमिलापकर्ताले वडा कार्यालयबाटै मेलमिलाप गर्ने शुभारम्भ गरे जनतालाई सहज हुने बताउनुभयो । सबैको पहुँचको आधारमा मेलमिलापकर्ताहरुको उपस्थिति हुनेगरी कार्यक्रम अघि बढाउन सुझाव दिनुभयो ।

    aaaa.jpg

    मेलमिलापकर्ताका लागि पुनर्ताजगी कार्यक्रममा विवाद, मेलमिलापको पद्धति, मेलमिलापसम्बन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको सीप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गुणहरु र मेलमिलापका आचारसंहिता, सहमतीय निकास लगायतका विविध पक्षमाथि छलफल गरिएको थियो ।

    पुनर्ताजगी कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष तथ्य न्यायिक समिति संयोजक शारदाकुमारी चौधरीले वडा नम्बर १, २ र ३ का सामुदायिक मेलमिलापकर्ताहरुलाई शपथ समेत खुवाउनु भएको थियो ।

    कार्यक्रममा न्यायिक समिति सदस्य देवीलाल थारु कुमाल, उजुरी प्रशासक सुरेश पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रेरणा चन्द, २ नम्बर वडाका सचिव अनिशा चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नुभएको थियो ।

  • सम्बन्धित विषय:

  • # सामुदायिक मेलमिलापकर्ता

  • तेस्रो आँखा