• ट्रेण्डिङ्ग :
प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध २८ लाख बढीको भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध २८ लाख बढीको भ्रष्टाचार मुद्दा


  • 6.0K
    SHARES
    • माघ १५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 9.2K Views

    प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध २८ लाख बढीको भ्रष्टाचार मुद्दा

    मुगु १५ माघ/मुगुको छायाँनाथ रारा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारुसहित २८ लाख ६२ हजार ४५९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सो नगरपालिकाको वडा नं। ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अर्डिनरी स्वाय, हार्ड रक कटिङ गर्नुपर्ने भनी कामको बढी मूल्याङ्कन गराई नापी किताब, प्राविधिक विल र कार्य सम्पन्नको प्रतिवेदन तयार पारी सो रकम भुक्तान गरिएको देखिएको छ ।

    सारुसहित हस्त बहादुर मल्ल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लले सम्झौता विपरीत प्रतिवेदन तयार पारेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

    यससँगै, सडक निर्माण अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, सदस्य हजर कला कामी र इन्जिनियर महेश सिंह कठायतले द्विपक्षीय सम्झौता तथा प्राविधिक इष्टिमेट अनुसार कार्य सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन दिएको र सोही नगरपालिकाको वडा नं। ८ का अध्यक्ष कर्ण रावल र तत्कालीन सदस्य पशुपति शाहीले सम्झौता अनुसार कार्य सम्पन्न भएको भनी गलत सिफारिस दिई भ्रष्टाचार गरेको आरोप लागेको आयोगले जनाएको छ ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय तथा जरिवानाको मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।


    तेस्रो आँखा