• ट्रेण्डिङ्ग :
अनेरास्ववियुद्वारा शहीद दिवसमा दीप प्रज्वलन

अनेरास्ववियुद्वारा शहीद दिवसमा दीप प्रज्वलन


  • 5.9K
    SHARES
    • माघ १६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 9.1K Views

    अनेरास्ववियुद्वारा शहीद दिवसमा दीप प्रज्वलन

    घोराही, १६ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन घोराही उपमहानगर कमिटीद्वारा शहीद दिवसका अवसरमा दीप प्रज्वलन गरिएको छ । अनेरास्ववियु घोराही  नगर अध्यक्ष रविभक्त केसीको अध्यक्षता तथा नेकपा एमालेका स्कुल विभाग प्रमुख विवेक श्रेष्ठको प्रमुख आतिथ्यता तथा अनेरास्ववियु दाङका जिल्ला सहसंयोजक वसन्त भण्डारीको विशिष्ट आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरेर दीप प्रज्वलन गरी दिवस मनाइएको हो ।

    images

    प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन त्याग गरेका शहीदको सम्झनामा गरिएको कार्यक्रममा सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली र विद्यार्थी बिनिता केसीले साहित्यिक सिर्जना र गीत प्रस्तुत गर्नुभएको थियो । अनेरास्ववियु नगर कमिटी सदस्य श्रीकृष्ण गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रेमप्रकाश वलीले गर्नुभएको थियो । 

    देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदको सम्झना गरी हरेक वर्ष माघ १६ मा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ । शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ तथा प्रजातान्त्रिक आन्दोलनका अरू शहीदको योगदानलाई स्मरण गर्ने गरिन्छ ।

  • सम्बन्धित विषय:

  • # दीप प्रज्वलन

  • तेस्रो आँखा