काठमाडौँ । राजस्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। बलराम ज्वेलर्सका सञ्चालक साहका साथै अरुण ज्वेलर्सका सञ्चालक अरुण साह र मिर्चैयाका व्यवसायी गरी चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
चारै जनालाई कर छली गरेको आरोपमा पक्राउ गरेको र उनीहरूलाई अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ। यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको विराेधमा व्यवसायीले सोनारपट्टी बजारमा पसल बन्द गरी टायर बालेर प्रदर्शन गरेका छन्।
कारखानाबाट गहना बनाएर पसल लैजाँदै गर्दा प्रहरीले व्यवसायीलाई पक्राउ गरेको र बील दिन नसकैकै कारण पक्राउ गर्नु गलत भएको व्यवसायीहरुले बताएका छन्।
