दाङ । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । हिजो राती (बिहीबार) पाैने ८ बजेकाे समयमा तुलसीपुर उपमहानगरपालिका, वडा न ८, कट्कुईयाँ निवासी ४४ वर्षिया लक्ष्मी चौधरीकाे मृत्यु भएको हाे ।
आफ्नै घरमा दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा उनको कपडाबाट एक्कासी शरिरमा आगो सल्किदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । चाैधरीकाे घटना स्थलमै मृत्यु भएको हाे ।
