काठमाडौं २१ माघ/ साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले जित निकालेको छ। आइतबार बंगालदेशमा भएको खेलमा नेपालले भुटानमाथि संघर्षपूर्ण १-० गोलको जित निकालेको हो।
नेपालको जितमा सेनु परियारले दोस्रो हाफमा गोल गरेकी थिइन्। यसअघि नेपाल आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको थियो। शुक्रबार भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३-१ गोलले पराजित गरेको थियो। नेपाल, बंगलादेश, भारत र भुटान गरी चार टिमबीच भइरहेको प्रतियोगितामा नेपालले अब मंगलबार भारतसँग खेल्नेछ। यसअघि भारतले पहिलो खेलमा भुटानलाई १०-० गोलले प
