• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेश सरकारले द्वन्दका घाइतेहरुलाई उपचार गर्दै

लुम्बिनी प्रदेश सरकारले द्वन्दका घाइतेहरुलाई उपचार गर्दै


  • 5.6K
    SHARES
    • माघ २३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 8.7K Views

    लुम्बिनी प्रदेश सरकारले द्वन्दका घाइतेहरुलाई उपचार गर्दै

    दाङ,२३ माघ/लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्दका घाइते तथा अपाङ्ग भएका ब्यक्तीहरुको उपचार सुरु गरेको छ । प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीका अनुसार उपचारकालागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसंग समन्वय भएको छ ।

    images


    सशस्त्र द्वन्दका क्रममा घाईत तथा अपाङ्ग भएकाहरुको उपचारसम्बन्धि कार्यविधि २०८० तयार गरि उपचारको प्रक्रिया अघि बढाईएको उनको भनाई छ । घाईते तथा अपाङ्गता भएका ब्यक्तीहरुले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति फोटो, जिल्ला प्रशासन कार्यालयको सिफारिश ल्याएमा उपचार गर्न पाईने उनले बताए । घाइते तथा अपाङ्गता भएका ब्यक्तीको उपचारकालागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०/०८१ कालागि ५० लाख बजेट बिनियोजन गरेको थियो ।

    परिबर्तनकालागि भएको जनयुद्ध तथा बिभिन्न आन्दोलनमा घाईते भएकाहरु आर्थिक अबस्था कम्जोर भएकै कारण उपचारबाट बञ्चित हुनु परेको भन्दै त्यसलाई मध्येनजर गरि यो कार्यक्रम सुरु गरिएको प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले बताए । 

    420990222_362924839857654_2896411482885909652_n.jpg
    undefined


    तेस्रो आँखा