• ट्रेण्डिङ्ग :
सुनकाण्डमा आयोगले लियो कृष्णबहादुर महरासँग बयान

सुनकाण्डमा आयोगले लियो कृष्णबहादुर महरासँग बयान


  • 3.7K
    SHARES
    • माघ २५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.7K Views

    सुनकाण्डमा आयोगले लियो कृष्णबहादुर महरासँग बयान

    काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग आज बयान लिएको छ। 

    images

    आयोगले ब्रेक प्याडमा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा हालेर ल्याइएको ९ किलो सुन प्रकरणका विषयमा महरालाई आज सिंहदरबारमा बोलाएर बयान लिएको हो। आयोगले झण्डै २ घण्टा बयान लिएको आयोग श्रोतले बताएको छ। 

    आयोगले आजै महरासँगै विध ल्यावका सञ्चालक भीमकान्त भण्डारीसँग पनि बयान लिएको छ। 

    महरा भेपमा हालेर ल्याइएको ९ किलो सुन प्रकरणमा जोडिएका व्यक्ति हुन्।सुन तस्करका मुख्य नाइके भनिएका दाओजिन वाङसँग महराको सम्पर्क भएको देखिएको र स्वयं महराले पनि भेटघाट र कुराकानी भएको स्वीकार गरेका थिए ।

    उक्त प्रकरणमा उनका छोरा राहुल अहिले पुर्पक्षका लागि थुनामा छन्।

    भण्डारीसँग हाल पुपक्षका लागि थुनामा रहेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग कुराकानी भएको पाइएपछि बयान लिइएको हो।

    आयोगले ६० किलो सुन तस्करी र भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको हो। 


    तेस्रो आँखा