• ट्रेण्डिङ्ग :
भुटानले नेपाललाई दियो ६६ रनको विजयी लक्ष्य

भुटानले नेपाललाई दियो ६६ रनको विजयी लक्ष्य


  • 2.9K
    SHARES
    • माघ २८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.5K Views

    भुटानले नेपाललाई दियो ६६ रनको विजयी लक्ष्य

    काठमाडौं । एसीसी महिला प्रिमियर कपमा भुटानले नेपाललाई ६६ रन विजयी लक्ष्य दिएको छ। मलेसियाको वायुमास ओभरलमा टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन मात्र बनायो। भुटानका लागि ओपनर नग्वाङ छोदेनले सर्वाधिक २५ रन बनाइन्। टेसिङ जाड्बोले १७ रन बनाउँदा कप्तान डेसेन वाङ्बो १७ रन बनाएर आउट भइन्। 

    images

    कसिलो बलिङ गरेको नेपालका लागि कविता कुँवर, सिता रानामगर, कविता जोशी र इन्दू बर्माले एक एक विकेट लिए। 

    हिजो भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो। 

    एसीसी महिला प्रिमियर कपमा १६ टोलीको सहभागिता छ। १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ भने फाइनल पुग्ने दुई टोलीले एसीसी महिला एसिया कप खेल्नेछन्। यस्तै, सेमिफाइनल पुग्ने चार टोलीले इमर्जिङ एसिया कप खेल्नेछन्।


    तेस्रो आँखा