• ट्रेण्डिङ्ग :
आजको मौसम
पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात


  • 2.1K
    SHARES
    • फाल्गुण १, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.2K Views

    पहाडी भूभागमा हल्का वर्षाको सम्भावना,  उच्च पहाडी र हिमाली भूभागमा हिमपात

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

    images

    आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।


    तेस्रो आँखा