• ट्रेण्डिङ्ग :
त्रिविका निमित्त उपकुलपतिले गरेको नियुक्तिविरुद्ध सर्वोच्चमा मुद्दा

त्रिविका निमित्त उपकुलपतिले गरेको नियुक्तिविरुद्ध सर्वोच्चमा मुद्दा


  • 2.7K
    SHARES
    • फाल्गुण १, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.1K Views

    त्रिविका निमित्त उपकुलपतिले गरेको नियुक्तिविरुद्ध सर्वोच्चमा मुद्दा

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा हालै गरिएको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । अधिवक्ता यज्ञप्रसाद अधिकारी लगायतले मंगलबार सर्वोच्चमा हालका उपकुलपति प्राडा शिवलाल भुसालले गरेको नियुक्तिविरुद्ध सर्वोच्च रिट दायर गरेका हुन् । 

    images

    त्रिवि कार्यकारी परिषद्ले हालै एक जना सायक डिन, तीन जना विभागीय प्रमुख र ६ जना क्याम्पस प्रमुख नियुक्त गरेको थियो । उपकुलपति, रेक्टर र रजिस्टार गरी तीन जना निमित्त रहेको परिषद्ले राजनीतिक भागवण्डाको आधारमा नियुक्त गरिएको भन्दै चर्को विरोध भइरहेको छ । यसका विरुद्धमा सर्वोच्चमा रिट दायर गर्दै उक्त नियुक्ति खारिज गर्न माग गरिएको छ । उक्त रिटमाथि भोलि (बुधबार)का लागि पेसी तोकिएको छ ।


    तेस्रो आँखा