• ट्रेण्डिङ्ग :
पाल्पा दुर्घटनामा अपडेट
चार जना मृतकको पहिचान खुल्यो, यी हुन् १९ जना घाइते (नामसहित)

चार जना मृतकको पहिचान खुल्यो, यी हुन् १९ जना घाइते (नामसहित)


  • 3.9K
    SHARES
    • फाल्गुण १, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.0K Views

    चार जना मृतकको पहिचान खुल्यो, यी हुन् १९ जना घाइते (नामसहित)

    बुटवल । पाल्पामा जिप दुर्घटनामा परी मृत्यु हुने चार जनाको पहिचान खुलेको छ । मंगलबार जिल्लाको डुम्रेबाट तिनाउँ गाउँपालिका–६ चिदिस शिखरडाँडा जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बेलुका करिब ५ बजे लु१ज २३७१ नम्बरको जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोबाट व्याक भई दुर्घटना भएको प्रहरीको भनाइ छ । 

    images

    स्थानीयका अनुसार मृत्यु हुनेमा तिनाउ ६ चिदिसका रामबहादुर अस्लामी, कृष्णबहादुर अस्लामी, उर्मिला अस्लामी, दिल कुमारी अस्लामी रहेका छन् भने अन्य चार जनाको पहिचान खुलेको छैन ।

    यस्तै अस्पतालले घाइतेको नाम सार्वजनिक गरेको छ । तर जिल्ला प्रहरी कार्यालयबाट भने हालसम्म पुष्टि हुन सकेको छैन । लुम्बिनी मेडिकल कलेज १९ नाम घाइतेको नाम सार्वजनिक गरेको हो ।

    लुम्बिनी मेडिकल कलेज पाल्पाले दिएको जानकारीअनुसार घाइते हुनेहरूमा पाल्पा तिनाउ ६ कि २० वर्षीया कृष्णा पन्त, सोही ठाउँकै १९ वर्षीया उमा रास्कोटी, २१ वर्षीया अमृता गहतराज, १९ वर्षीया शान्ती राना, ९ वर्षीय सौरभ पुन, ४५ वर्षीय कूलबहादुर नेपाली, रुपन्देही खैरेनीका ९ वर्षीय विवेक जिसी, सोही ठाउँकै ७ वर्षीय अस्मित जिसी, तानसेन ७ कि ४२ वर्षीया सविता परियार, रिव्दिकोट १ की ३० वर्षीया रमा सुनार, सोही ठाउँकै ६ वर्षीया विधा सुनार, ६ वर्षीया साया सुनार, ५ वर्षीय आरभ सुनार,  ६६ वर्षीया विष्णुकला कामी, तानसेन १० का ४५ वर्षीय दानबहादुर चिदी, रुपन्देही हरैयाकी ३० वर्षीया भूमि पुन, १९ वर्षको उमा रास्कोटी र अन्य १ जना पुरुष, १ जना महिला र १ जना बालिका रहेका छन् । 

    p_qT8gSqAJN0.jpg


    तेस्रो आँखा