• ट्रेण्डिङ्ग :
आईसीसी विश्वकप लिग–२ : राम्रो शुरुवात गर्ने कप्तान रोहितको विश्वास

आईसीसी विश्वकप लिग–२ : राम्रो शुरुवात गर्ने कप्तान रोहितको विश्वास


  • 2.3K
    SHARES
    • फाल्गुण २, २०८० बुधबार
    • २ बर्षs अघि
    • 3.5K Views

    आईसीसी विश्वकप लिग–२ : राम्रो शुरुवात गर्ने कप्तान रोहितको विश्वास

    काठमाडौँ : नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यस पटक आईसीसी विश्वकप लिग–२ मा सुखद शुरुवात गर्ने लक्ष्य रहेको बताएका छन्।

    images

     

    नेपालले ३ वर्षको लिग–२ साइकल बिहीवार तीनदेशीय श्रृंखलाबाट शुरुवात गर्दै छ। नेपालका कप्तान रोहितले गत संस्करणको लिग–२ मा सुखद शुरुवात हुन नसकेको उल्लेख गर्दै यस पटक राम्रो नतिजा निकाल्ने आशा व्यक्त गरेका हुन्। 

     

    नेपालले नेदरल्याण्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय श्रृंखलाबाट आईसीसी विश्वकप लिग–२ (सन् २०२३–२०२७) को शुरुवात गर्न लागेको हो। नामिबिया यो साइकलको डेब्युटेन्ट टोली पनि हो।

     

    नेपालका कप्तान रोहितले यो साइकलमा राम्रो गर्न सुखद शुरुवात हुन आवश्यक रहेको बताएका छन्। कप्तान रोहितले नेदरल्याण्ड्स भर्खर विश्वकप खेलेर आएको र नामिबिया पनि राम्रो टोली रहेकाले यो श्रृंखला रोमाञ्चक हुने आशा व्यक्त गरेका छन्। 

     

    आफ्नो टोलीले राम्रो क्रिकेट खेल्न सके हरेक टोलीलाई हराउन सक्ने विश्वास रहेको बताएका छन्। उनले आफूहरूको लक्ष्य नम्बर एक एसोसिएट राष्ट्र बन्ने लक्ष्य रहेको पनि धारणा राखेका छन्।

     

    नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले घरेलु मैदान प्रतियोगिताबाट क्यानडासँगको श्रृंखला राम्रो गरेको उल्लेख गरेको उल्लेख गर्दै यस श्रृंखलामा पनि सुखद शुरुवात गर्ने धारणा राखे।

     

    क्यानडाको श्रृंखलाबाट नै लिग–२ का लागि नेपालको तयारीबारे स्पष्ट भएको प्रशिक्षक मोन्टीले बताएका छन्। उनले दुवै टोली बलियो रहे पनि नेपालले हरेक बलका लागि खेल्ने बताए।

     

    प्रशिक्षक मोन्टीले आफ्नो टोलीमा हरेक खेलाडी आफ्नो जिम्मेवारीमा राम्रो क्रिकेट खेल्न सक्ने क्षमताका रहेको विश्वास गरेका छन्।

     

    नामिबियाका कप्तान जेरार्ड इरामसले पनि नेपालको श्रृंखलामा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्।

     

    नेदरल्याण्ड्सका कप्तान स्कट इडवार्डले टी–२० फर्म्याटको क्रिकेटमा जस्तै एकदिवसीय क्रिकेटमा पनि राम्रो नतिजा ल्याउने बताएका छन्। उनले नेपाललाई दर्शकको राम्रो साथ हुने भए पनि आफूहरू त्यसमा खुशी नै हुने धारणा राखे। 

     

    नेपालले यो त्रिदेशीय श्रृंखलामा कुल ४ खेल खेल्नेछ। पहिलो खेल बिहीवार नामिबियासँग खेल्नेछ भने दोस्रो खेल यही फागुन ५ गते (फेब्रुअरी १७) खेल्ने तालिका छ।

     

    यी दुवै खेलमा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी हुने छैनन्। उनी व्यावसायिक क्रिकेट लिग खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) मा छन्।


    तेस्रो आँखा