• ट्रेण्डिङ्ग :
दाङमा स्कारपियोको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु 

दाङमा स्कारपियोको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु 


  • 4.7K
    SHARES
    • फाल्गुण ३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.2K Views

    दाङमा स्कारपियोको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु 

    दाङ, ३ फागुन/दाङमा स्कारपियो गाडीको ठक्करबाट एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । स्कारपियोको ठक्करबाट प्युठानको झिमुरक-१ घर भई दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी बस्ने ३५ वर्षिय राधा बस्नेत र उहाँकी बहिनी १६ वर्षिय विपना केसीको मृत्यु भएको हो ।

    images

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च १३६९ नम्बरको स्कारपियो गाडीले बस्नेतले चलाएको साइकललाई बुधबार दिउँसो साढे चार बजेतिर राप्ती गाउँपालिका-८ पिपरी नजिकै ठक्कर दिएको हो । दुर्घटनामा परि गम्भिर घाईते भएकी बस्नेतलाई लमही अस्पतालमा डाक्टरले मृत घोषणा गरेका थिए ।

    गाडीको ठक्करबाट सोहि साइकलमा पछाडी सवार १६ वर्षिय केसीको उपचारको क्रममा बुटवलमा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए ।


    तेस्रो आँखा