• ट्रेण्डिङ्ग :
गोली प्रहारबाट दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु

गोली प्रहारबाट दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु


  • 7.4K
    SHARES
    • फाल्गुण ३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 11.4K Views

    गोली प्रहारबाट दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु

    दाङ ३ फागुन/दाङमा ड्युटीमा खटिएकी एक महिला प्रहरी माथी गोली हानी हत्या गरिएको छ । घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो ।

    images

    वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको गोली उनकै श्रीमानले हानेर  हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

    घटना करिब साढे ७ बजे भएको हो । गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । झाक्री नेपालगञ्जमा कार्यरत  प्रहरी रहेको प्रहरीले बताएको छ । थापाको मृत्यु भएको अस्पतालले अझै घोषणा गरेको छैन  ।


    तेस्रो आँखा