• ट्रेण्डिङ्ग :
नेपाल ए क्रिकेट टिमले क्यानडा-११ विरुद्ध तीन खेल खेल्ने

नेपाल ए क्रिकेट टिमले क्यानडा-११ विरुद्ध तीन खेल खेल्ने


  • 4.0K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.2K Views

    नेपाल ए क्रिकेट टिमले क्यानडा-११ विरुद्ध तीन खेल खेल्ने

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ र क्यानडा- ११ बीच हुने तीन खेलको तालिका सार्वजनिक गरेको छ ।

    images

    मूलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा फेब्रुअरी १८ मा पहिलो, फेब्रुअरी २० मा दोस्रो र् फेब्रुअरी २२ मा तेस्रो खेल हुने क्यानले जानकारी दिएको हो । 

    क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल ए टिमको घोषणा गरिसकेको छ । क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो ।

    नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

    नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।


    तेस्रो आँखा