• ट्रेण्डिङ्ग :
‘विकासे कामको गुणस्तरीयतामा सरकारले कुनै सम्झौता गर्दैन’

‘विकासे कामको गुणस्तरीयतामा सरकारले कुनै सम्झौता गर्दैन’


  • 3.1K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.8K Views

    ‘विकासे कामको गुणस्तरीयतामा सरकारले कुनै सम्झौता गर्दैन’

    नेपालगन्ज ४ फागुन/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विकासे कामको गुणस्तरीयतामा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।

    images

    राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको आज बाँकेको खजुरा क्षेत्रमा स्थलगत अनुगमन गर्दै मन्त्री ज्वालाले कुनै बहानाबाजी गरेर विकास निर्माणको काममा ढिलासुस्ती गर्न नपाइने बताउनुभयो । मन्त्री ज्वालाले यो आयोजनामा बजेट अभाव हुन नदिइने उल्लेख गर्नुभयो ।

    सडक अनुगमनपछि मन्त्री ज्वालाले समयमै काम सम्पन्न हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले विकास निर्माणका काममा तीन तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । मन्त्री ज्वालाले हुलाकी सडक तराई(मधेशको ‘लाइफलाइन’ भएको बताउनुभयो ।


    तेस्रो आँखा