• ट्रेण्डिङ्ग :
न्युजिल्यान्डले पहिलो पटक दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला जित्यो

न्युजिल्यान्डले पहिलो पटक दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला जित्यो


  • 2.6K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.0K Views

    न्युजिल्यान्डले पहिलो पटक दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला जित्यो

    काठमाण्डाै । न्युजिल्यान्डले पहिलो पटक दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला जितेको छ । दोस्रो तथा अन्तिम खेलमा घरेलु टोलीलाई ७ विकेटले हराउँदै न्युजिल्यान्डले टेस्ट शृङ्खला २–० ले जितेको हो ।

    images

    ह्यामिल्टनमा दक्षिण अफ्रिकाले दिएको २ सय ६७ रनको लक्ष्य न्युजिल्यान्डले चौथो दिनको चिया समयपछि भेटायो । न्युजिल्यान्डका पूर्वकप्तान केन विलियमसनले नट आउट १ सय ३३ रन बनाए । यस्तै विल योङ ६० रनमा नट आउट रहे । दक्षिण अफ्रिकाका डेन पिटले ३ विकेट लिए । दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाले २ सय ३५ रन बनाएको थियो ।

    यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा २ सय ४२ बनाएको थियो । न्युजिल्यान्डले पहिलो इनिङ्समा २ सय ११ रन बनायो ।

    पहिलो खेल न्युजिल्यान्डले २ सय ८१ रनको फराकिलो अन्तरले जितेको थियो ।


    तेस्रो आँखा