• ट्रेण्डिङ्ग :
नेपाल ‘ए’ क्यानडासँग चार विकेटले पराजित

नेपाल ‘ए’ क्यानडासँग चार विकेटले पराजित


  • 3.9K
    SHARES
    • फाल्गुण ६, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.9K Views

    नेपाल ‘ए’ क्यानडासँग चार विकेटले पराजित

    काठमाडौँ, ६ फागुन/नेपाल भ्रमणमा रहेको क्यानडासँगको मैत्रीपूर्ण  एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ‘ए’ क्यानडासँग चार विकेटले पराजित भयो । 

    images

    जितका लागि दुई सय १७ रनको लक्ष्य पछ्याएको क्यानडाले ४९।३ ओभरका ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ८० रन बनाउनुभयो ।

    निखिल दत्तले अविजित ६७, कप्तान साद विन जफरले २३, श्रेयस मोम्भाले अविजित २२ र दिलप्रति बाज्वाले १० रन बनाउनुभयो । नेपाल ‘ए’ का लागि साहब आलमले दुई विकेट लिनुभयो । रासिद खान, बसिर अहमद प्रतिशत जित र सागर ढकालले एक एक विकेट लिनुभयो । 

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय १६ रन बनाएको थियो । नेपालका लागि बसिर अहमदले अविजित ५० रन बनाउनुभयो । यस्तै रासिद खानले ४०, मायन यादवले समान ३६, किरण ठगुन्नाले २५ विवेक यादवले २३ र सन्दीप जोराले १४ रन जोड्नुभयो ।

    बलिङमा क्यानडका कप्तान साद बिन जाफले तीन विकेट लिनुभयो । यस्तै ईश्वरजीत सोहीले दुई तथा डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले एक एक विकेट लिनुभयो । नेपाल ‘ए’ ले क्यानडासँग तीन खेलको सिरिज खेल्न लागेको हो । पहिलो जितसँगै क्यानलाले सिरिजका १–० को अग्रता लिएको छ । 


    तेस्रो आँखा