• ट्रेण्डिङ्ग :
कोसी कांग्रेसका १४ जिल्ला सभापतिले भने– विवादित महासमिति सदस्यबारे छलफल गरौँ

कोसी कांग्रेसका १४ जिल्ला सभापतिले भने– विवादित महासमिति सदस्यबारे छलफल गरौँ


  • 3.9K
    SHARES
    • फाल्गुण ६, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.0K Views

    कोसी कांग्रेसका १४ जिल्ला सभापतिले भने– विवादित महासमिति सदस्यबारे छलफल गरौँ

    काठमाडौं । नेपाली कांग्रेस कोसी प्रदेशका १४ जिल्ला सभापतिहरूले 'मनोमानी ढंगबाट' चयन भएका महासमिति सदस्यहरूबारे छलफल गर्नुपर्ने बताएका छन् ।

    images

    महासमिति बैठकको पूर्वसन्ध्यामा कोसीका १४ जिल्लाकै सभापतिहरूले आज एक विज्ञप्तिमार्फत ‘प्रतिनिधित्व शून्य गर्नु वाञ्छनीय नदेखिएकाले यथाशीध्र सम्बिन्धत जिल्ला सभापतिहरूसँग’ छलफल गर्न अनुरोध गरेका छन् ।

    “...केही जिल्लामा नियमसंगत निर्वाचित महासमितिको सदस्यहरूको हकमा विवादित भएको भनी सभापतिहरूको र सम्बन्धित जिल्लामा खटाइएको निर्वाचन अधिकृतसमेतको राय नलिइकन मनोमानी ढंगबाट केन्द्रीय निर्वाचन समिति र नेपाली कांग्रेस केन्द्रीय कार्य समितिबाट सम्बन्धित जिल्लाको महासमिति सदस्यहरूको प्रतिनिधित्व शून्य गर्नु वाञ्छनीय नदेखिएकाले यथाशीघ्र सम्बन्धित जिल्लाका सभापतिहरूलाई समन्वय गरी प्रतिनिधित्व गर्ने व्यवस्थाका लागि अनुरोधसहित ध्यानाकर्षण गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ ।

    जिल्ला सभापतिहरूले कोसी प्रदेशको नाममा देखिएको विवादलाई बैठकको मुख्य एजेन्डा बनाउन पनि आग्रह गरेका छन् । कांग्रेसको महासमिति बैठक भोलिबाट सुरु हुँदै छ ।

    KoshiNC-1708264519.png
    undefined


    तेस्रो आँखा