• ट्रेण्डिङ्ग :
तुलसीपुरबाट हराएकी बालिका सकुशल भेटिइन

तुलसीपुरबाट हराएकी बालिका सकुशल भेटिइन


  • 9.3K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 14.3K Views

    तुलसीपुरबाट हराएकी बालिका सकुशल भेटिइन

    तुलसीपुर, ७ फागुन/तुलसीपुरबाट आइतबार बिहान ९ बजेबाट हराइ रहेकी भनिएकी १३ बर्षीया बालिका बिपना वली तुलसीपुरको सुकौरामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ५ की वली आइतबार बिहान बाहिनी चोकबाट सम्पर्क बिहीन बनेकी थिइन ।

    images

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलले बालिका राति तुलसीपुर उपमहानगरपालिका – ११ का एक स्थानीयको घरमा सुरक्षित राथ राखेको अवस्थामा फेला परेको जानकारी दिए । ‘मेलामा नाँच्न नपाएको झोकमा एक्लै पैदल हिडेकी भन्ने छ,’ डिएसपी पोखरेलले भने ‘ अभिभावकले पढ्नपनि नजाने र नाच्नपनि नसक्ने भनेपछि त्यसैको चोटमा हिडेको भन्ने छ ।’

    तुलसीपुरमा जारी महोत्सवमा नाच देखाउने चाहानाका साथ बिपनाले अघिल्लो दिन नै नाँच्ने ड्रेस भाडामा लिएकी थिइन । तर, उनले मेलामा नाच्ने अवसर पाइनन् । जस्ले गर्दा उनी रुष्ट थिइन । त्यसमाथि अभिभावकले सामान्ने संझाइ बुझाइ गर्दा उनी थप खिन्न थिइन ।

    अभिभावकले भनेपनि उनी आइतबार बिहान भाडामा लिएको कपडा छोड्न बाहिनी चोक गएकी थिइन । त्यही बाट उनी सनकका भरमा आँफुखुसी सुकौरा रोड पैदल हिडेर त्यहाँसम्म पुगेको खुलेको छ । उनी तुलसी बोर्डिङ स्कूलमा कक्षा ६ अध्ययन छिन ।


    तेस्रो आँखा