• ट्रेण्डिङ्ग :
निर्माणाधीन एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन मिति सर्‍यो

निर्माणाधीन एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन मिति सर्‍यो


  • 3.2K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.0K Views

    निर्माणाधीन एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन मिति सर्‍यो

    भैरहवा ७ फागुन/भैरहवामा निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन मिति सरेको छ । यसअघि यो मैदानको उद्घाटन फागुन १४ मा गर्ने र ४ टिम सम्मिलित टी-२० फर्म्याटको क्रिकेट प्रतियोगिता गर्ने भनिएको थियो ।

    images

    तर काठमाडौंमा अहिले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज चलिरहेको र यसलगत्तै टी-२० प्रतियोगिता हुने भएकाले केही पूर्वखेलाडीहरु उद्घाटन समारोह र प्रतियोगितामा सहभागी हुन नपाउने भएकाले मिति सारेको एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुँवरले जनाएका छन् ।

    मैदानको उद्घाटनमा नेपालले सन् १९९६ मा पहिलो पटक एसिसी ट्रफी खेल्दाका खेलाडीको टोली लेजेण्ड्स ९६, २०१४ को टी-२० विश्वकपमा भाग लिएको नेपाली क्रिकेट टिमका खेलाडीहरु, नेपालका अन्य खेलाडीहरू र रुपन्देही लेजेण्ड्स गरी ४ टोलीबीच टी-२० फर्म्याटको प्रतियोगिता गरिने छ ।

    उद्घाटन समारोह र प्रतियोगितालाई थप प्रभावकारी बनाउन मिति पछि सारेको कुँवरले विज्ञप्ति निकालेर स्पष्ट पारेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा व्यवसायी विनोद कुँवरले ४० करोड रुपैयाँको लगानीमा एक्स्ट्राटेक ओभल निर्माण गरेका हुन् ।


    तेस्रो आँखा