सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।प्रतिस्पर्धामा प्रबल दावेदार मानिएका भण्डारी गत ५ असारको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको दूरसञ्चार तथा सूचना प्रविधि सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।
भण्डारी गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोसमेतको लगानीमा बुरुण्डीमा चलेको स्मार्ट मोबाइलमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर २००८ देखि २०१५ सम्म काम गरेका भण्डारीले सियरालियोनको इन्टरग्रुप टेलिकममा सीईओ भएर काम गरेका थिए ।
