• ट्रेण्डिङ्ग :
नाबालिकालाई करणी गरेको आरोपमा ५७ बर्षीया  पुरुष पक्राउ 

नाबालिकालाई करणी गरेको आरोपमा ५७ बर्षीया  पुरुष पक्राउ 


  • 3.7K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.7K Views

    नाबालिकालाई करणी गरेको आरोपमा ५७ बर्षीया  पुरुष पक्राउ 

    गोरखा १२ फागुन/गोरखामा ७ बर्षीया नाबालिकालाई करणी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – १४ सलाङगिरीका ५७ बर्षीया  सिताराम भन्ने दल बहादुर विश्वकर्मा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

    images

    उहाँका अनुसार गत फागुन ९ गते बिहान ११ बजेको समयमा  नाबालिकालाई ललाई फकाई गरी सलाङगिरिको झलौटे धारा बनमा लगी करणी गरेको आरोपमा नाबालिकाको आमा मार्फत जाहेरी दरखास्तको आधारमा करणी आरोपी सिताराम भनिने दल बहादुर विश्वकर्मालाई शुक्रवार पक्राउ गरिएको हो । 

    उनलाई थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

     


    तेस्रो आँखा