• ट्रेण्डिङ्ग :
स्पेनिस ला लिगा : गेटाफेमाथि बार्सिलोनाको सानदार जित

स्पेनिस ला लिगा : गेटाफेमाथि बार्सिलोनाको सानदार जित


  • 2.7K
    SHARES
    • फाल्गुण १३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.1K Views

    स्पेनिस ला लिगा : गेटाफेमाथि बार्सिलोनाको सानदार जित

    काठमाडौँ । स्पेनिस ला लिगा फुटबमा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा गेटाफेलाई ४–० गोलले हराउँदै बार्सिलोना विजयी भएको हो ।

    images

    बार्सिलोनाका राफिन्हा, जोआओ फेलिक्स, फ्राङ्कलिङ डि जोङ र फर्मिन लोपेजले एक–एक गोल गरेका थिए । पहिलो हाफको खेल १–० गोलमा सकिए पनि बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

    यो जितसँगै बार्सिलोना २६ खेलबाट ५७ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको गेटाफे ३४ अंकसहित दशौँ स्थानमा छ ।

    शीर्षस्थानको रियल मड्रिडले २५ खेलबाट ६३ अंक जोडेको छ भने तेस्रो स्थानको जिरोनाका ५६ अंक छ ।


    तेस्रो आँखा