• ट्रेण्डिङ्ग :
काराबाओ कपको उपाधि लिभरपुललाई

काराबाओ कपको उपाधि लिभरपुललाई


  • 3.1K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.7K Views

    काराबाओ कपको उपाधि लिभरपुललाई

    काठमाडौँ । काराबाओ (इएफएल) कपको उपाधि लिभरपुलले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा चेल्सीलाई १–० गोलले हराउँदै लिभरपुलले उपाधि जितेको हो ।

    images

    लिभरपुलका लागि भिर्गिल भान डाइकले एक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट कुनै गोल नभए पछि खेल अतिरिक्त समयमा गएको थियो ।

    अतिरिक्त समयको ११८औँ मिनेटमा भिर्गिलले गोल गरेका थिए । उनले गरेको यो गोल नै लिभरपुलको जितका लागि निर्णायक बनेको थियो ।

    यो सँगै लिभरपुलले १०औँ पटक काराबाओ कपको उपाधि जितेको छ । यस्तै, म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५–५ पटक उपाधि जितेका छन् ।


    तेस्रो आँखा