• ट्रेण्डिङ्ग :
गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा

गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा


  • 3.9K
    SHARES
    • फाल्गुण १५, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.0K Views

    गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा

    काठमाडौं । वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौँ संस्करण चैत १३ गतेदेखि हुने भएको छ ।

    images

    आयोजक कमिटीका संयोजक सञ्जीव तुलाधरले पुरुषमा ७ र महिलामा ६ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । तीन विभागीय टोली (प्रहरी, आर्मी, एपीएफ) र सातै प्रदेशबाट करिब १५० खेलाडीको सहभागिता रहनेछ ।

    प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई २५ हजार, १५ हजार र सात हजार ५०० रुपैयाँ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट पुरुष/महिला खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

    प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५० लाख रुपैयाँ सहयोग गर्नेछ । पाँचदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइनेछ ।

    बक्सिङ महासंघका अध्यक्ष राम अवालेले प्रतियोगितालाई सफल र भव्यरूपमा सम्पन्न गर्न सबै साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

    सोही अवसरमा कमिटीकै आयोजनामा चौथो वीर गणेशमान सिंह १० किलोमिटर दौड वैशाख १५ गते हुने पनि जानकारी गराइएको थियो ।


    तेस्रो आँखा