• ट्रेण्डिङ्ग :
केपी ओली कप फुटबल
आज सेमिफाइनलका दुवै खेल दशरथ रंगशालामा हुने 

आज सेमिफाइनलका दुवै खेल दशरथ रंगशालामा हुने 


  • 4.0K
    SHARES
    • फाल्गुण १७, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.1K Views

    आज सेमिफाइनलका दुवै खेल दशरथ रंगशालामा हुने 

    काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलका दुवै खेल आज दशरथ रंगशालामा हुँदैछन्। पहिलो सेमिफाइनलमा जावलाखेल युवा क्लब र न्यू रोड टिम, एनआरटी बीच हुनेछ । ​

    images

    क्वार्टरफाइनलमा आयोजक केपी ओली टिमलाई हराएर जावलाखेलले अन्तिम चारमा स्थान बनाएको थियो। एनआरटीले भने क्वार्टरफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी थ्रीस्टारलाई हराएको थियो। यो खेल आज विहान साढे ११ बजेदेखि सुरु हुनेछ।

    यसअघि क्वार्टरफाइनलसम्मका खेलहरु सातदोबाटोको एन्फा कम्प्लेक्समा भएका थिए। प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि आजै हुँदैछ। 

    दिउँसो तीन बजे सुरु हुने खेलमा भने मछिन्द्र क्लबले मानेभञ्ज्याङ एफसीसँग खेल्नेछ। भारतीय टोली मानेमञ्ज्याङले यसअघि आई लिग खेल्ने टोली दिल्ली एफसीलाई हराएको थियो। मछिन्द्रले भने क्वार्टरफाइनलमा नेपाल पुलिस माथि ४–० को फराकिलो जित दर्ता गरेर सेमिफाइनलमा पुगेको हो। आजका विजेता टोलीले उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछन्।

     


    तेस्रो आँखा