बर्दिया, १८ फागुन/बर्दियामा लागलागि हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गए राति गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको हो ।
आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।
गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति ११ बजेतिर जैसीको शव पूर्णरूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ । उनको शव परीक्षणका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको थियो । रासस
