• ट्रेण्डिङ्ग :
टी-२० सिरिज कीर्तिपुर मैदानमा
आज नेपाल र नेदरल्यान्ड्सको फाइनल भिडन्त

आज नेपाल र नेदरल्यान्ड्सको फाइनल भिडन्त


  • 6.0K
    SHARES
    • फाल्गुण २२, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 9.3K Views

    आज नेपाल र नेदरल्यान्ड्सको फाइनल भिडन्त

    काठमाडौँ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा मंगलबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । फाइनल भिडन्त मंगलबार बिहान ११ः ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

    images

    नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अंक जोड्दै फाइनलमा पुगेको हो । नामिबियाले भने तीन अंक जोडेको छ ।

    लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । सुरुका दुई खेलमा पराजित भएको नेपाल अन्तिम चरणका दुई खेलमा जित निकाल्दै फाइनल पुगेको हो ।

    नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो । पछिल्ला पाँच खेलमा नेपाल तीन स्पर्धामा विजयी हुँदा नेदरल्यान्ड्स दुई खेलमा विजयी भएको छ । नेपालले घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यका साथ खेल्नेछ । नेदरल्यान्ड्स नेपाललाई उसकै मैदानमा हराएर उपाधि उचाल्ने रणनीतिमा हुनेछ ।

    tu-cricket-ground.jpg
    त्रिवि क्रिकेट मैदान किर्तिपुर                                                 फाइल तस्वीर 


    तेस्रो आँखा