• ट्रेण्डिङ्ग :
४ हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालित

४ हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालित


  • 2.6K
    SHARES
    • फाल्गुण २५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.0K Views

    ४ हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालित

    काठमाडौं । नेपाल प्रहरीका ४ हजार सुरक्षाकर्मीहरू पाशुपत क्षेत्रमा परिचालित हुने भएका छन् । आज हुने महाशिवरात्री मेलाका लागि नेपाल प्रहरीका चार हजार ९४ सुरक्षाकर्मीलाई परिचालन गरिएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ आजैदेखि लागू गरेको बताए। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए।

    images

    उनीहरु गएराति राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा उक्त सुरक्षा योजना बनाइ लागू गरेको उने बताए ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिने छ । सो अवसरमा आपतकालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनको भनाइ छ। 


    तेस्रो आँखा