• ट्रेण्डिङ्ग :
फिफा विश्वकप छनोट : आज नेपाल र बहराइन खेल्ने

फिफा विश्वकप छनोट : आज नेपाल र बहराइन खेल्ने


  • 4.6K
    SHARES
    • चैत्र ८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.1K Views

    फिफा विश्वकप छनोट : आज नेपाल र बहराइन खेल्ने

    काठमाडौँ । फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र बहराइनबीच प्रतिस्पर्धा हुँदैछ ।

    images

    खेल नेपाली समयअनुसार राति पौने १ बजे बहराइनको राष्ट्रिय रङ्गशालामा हुनेछ । यो खेल नेपालमै हुने तय भएकोमा दशरथ रङ्गशाला मैदान खेल्नका लागि उपयुक्त नभएपछि बहराइनमा हुन लागेको हो ।

    पहिलो चरणको खेलमा नेपाल लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको‌ थियो। नेपालले अर्को खेल मंगलबार बहराइनमै खेल्ने छ ।

    समूह ‘एच’ मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ। नेपाल युएई र यमनसँग पराजित भइसकेको छ ।

    यो समूहमा नेपाल, बहराइन, यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । चार टोलीमध्ये शीर्ष दुई टोली एसिया कपमा छनोट हुनेछन् भने दुई टोली विश्वकपको तेस्रो चरणका लागि छनोट हुनेछन् । यस्तै, अन्तिमका दुई टोलीको विश्वकप छनोट यात्रा सकिने छ भने एसिया कपको तेस्रो चरणमा प्रवेश गर्नेछन् ।

     

     


    तेस्रो आँखा