• ट्रेण्डिङ्ग :
नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित


  • 5.1K
    SHARES
    • बैशाख ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.9K Views

    नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

    काठमाडौँ, ३ चैत । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङवीचको खेल बर्षाले प्रभावित बनेको छ । 

    images

    ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपाली समय अनुसार ११ः४५ बजेदेखि सुरुआत हुने भनिएको उक्त खेल वर्षाले प्रभावित बनेपछि टस समेत हुन सकेको छैन । प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजिमा छ । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । 

    आजको खेलमा हङकङलाई हराउन सके नेपाल एक खेल अगावै समूह ‘ए’बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ । यता हङकङ भने दोस्रो जितको खोजीमा रहेको छ । यसअघि खेलेको दुई खेलमा हङकङले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । 

    हङकङले पहिलो खेलमा कतारलाई २६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो ।


    तेस्रो आँखा