• ट्रेण्डिङ्ग :
केही प्रदेशमा वर्षा हुने, हावाहुरीबाट जोगिन आग्रह

केही प्रदेशमा वर्षा हुने, हावाहुरीबाट जोगिन आग्रह


  • 4.5K
    SHARES
    • बैशाख ४, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 6.9K Views

    केही प्रदेशमा वर्षा हुने, हावाहुरीबाट जोगिन आग्रह

    काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज केही भू–भागमा वर्षाको सम्भावना छ । वर्षासँगै हावाहुरी र हिमपातको पनि सम्भावना रहेको छ ।  

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

    विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । 

    उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । 

    चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना रहेकाले यसबाट बच्न सतर्क रहन पनि विभागले आग्रह गरेको छ । 


    तेस्रो आँखा