• ट्रेण्डिङ्ग :
विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान


  • 3.8K
    SHARES
    • बैशाख ५, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.9K Views

    विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

    काठमाडौँ, ५ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् ।

    images

    अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन् । त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन् । 

    ऐरी हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । उनले उक्त प्रतियोगताअन्तर्गत कतारविरुद्धको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका थिए । 

    ब्याट्सम्यानको नयाँ वरियतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन् । त्यस्तै कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन् ।


    तेस्रो आँखा