• ट्रेण्डिङ्ग :
एमसीसी सम्झौता निर्णायक चरणमा प्रवेश गरेसँगै सत्ता गठबन्धन धरमरमा

एमसीसी सम्झौता निर्णायक चरणमा प्रवेश गरेसँगै सत्ता गठबन्धन धरमरमा


  • 8.8K
    SHARES
    • माघ १८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    एमसीसी सम्झौता निर्णायक चरणमा प्रवेश गरेसँगै सत्ता गठबन्धन धरमरमा

    काठमाडाैं,१८ माघ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता निर्णायक चरणमा प्रवेश गरेसँगै सत्ता गठबन्धनको भविष्य पनि अन्योलमा परेको छ । सम्झौता अविलम्ब संसद्बाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक अग्रसरता लिएका छन् भने उनका सहयात्रीहरू सम्झौता यथास्थितिमा अनुमोदन नगर्ने अडानमा छन् ।

    images

    प्रधानमन्त्री देउवाले फेब्रुअरी २८ (फागुन १६) भित्र एमसीसीबारे संसद्को औपचारिक जवाफ दिने जानकारी अमेरिकी अधिकारीहरूलाई दिएका छन् । उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तत्काल यो सम्झौता अनुमोदन गर्न नसकिने अडान लिएका छन् । दुवै वामपन्थी दलभित्र यो सम्झौताको विरुद्धमा आवाज उठिरहेको नेकपा माओवादी केन्द्रका नेता देव गुरूङले तेस्राे आँखालाइ बताए । उनले भने,“हामी एमसीसी अनुमाेदनकाे पक्षमा छैनाैं ।”

    सत्ताको अगुवा दल कांग्रेस तथा सहयोगी माओवादी र समाजवादीका नेताहरू एमसीसीले गठबन्धन नभत्किने दाबी गर्छन् । तर, एमसीसीबारे आफ्ना अडान यथावत् रहेको पनि दोहोर्‍याइरहेका छन् । यो बीचमा एमसीसी रोज्ने कि गठबन्धन भन्ने स्थितिमा देउवा पुगेका छन् । त्यस्तै वाम दलहरू पनि एमसीसी छाडे सत्ता पनि छाड्नुपर्ने अवस्थाले झस्किएका छन् । केही नेताहरूले भने एमसीसीकै कारण गठबन्धन अप्ठ्यराेमा नपर्ने बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # रादजनीतिक दलहरू

  • तेस्रो आँखा
    लेखकबाट थप