• ट्रेण्डिङ्ग :
२४ घण्टाभित्र समाचार हटाउन निर्देशन दिएको थियो : काउन्सिल अध्यक्ष बस्नेत

२४ घण्टाभित्र समाचार हटाउन निर्देशन दिएको थियो : काउन्सिल अध्यक्ष बस्नेत


  • 3.9K
    SHARES
    • बैशाख १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.0K Views

    २४ घण्टाभित्र समाचार हटाउन निर्देशन दिएको थियो : काउन्सिल अध्यक्ष बस्नेत

    काठमाडौँ, १७ वैशाख : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘सिधाकुरा डटकम’ मा समाचार प्रकाशन भए लगत्तै पत्र लेखेर २४ घण्टाभित्र हटाउन निर्देशन दिएको बताउनुभएको छ ।  उक्त अनलाईनका सामग्री अध्ययन गर्दा सुरुमै शंकास्पद पाइएकाले प्रश्न उठाइएको र हटाउन निर्देशन दिएको उहाँले बताउनुभयो ।

    images

     “हामीले यो अडियोसहितको सामग्री प्रसारण हुनासाथ सुरुमै अपुष्ट र शंकास्पद ठानेका थियौँ, प्रारम्भिक अनुगमनले तथ्यगत रुपमा त्रुटिपूर्ण र असन्तुलित देखिएपछि त्यसलाई नरोक्दा थप आघात पुग्ने ठानी निर्देशन दिएका थियौं” अध्यक्ष बस्नेतले भन्नुभयो, “प्रविधिको दुरुपयोग हुन नदिन यो घटनाले सबैलाई पाठ सिकाएको छ ।”

    काउन्सिलको निर्देशनसँगै उक्त अनलाइनले समाचार हटाएको छ । यही वैशाख १४ मा चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउन सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेशन शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।सर्वोच्च अदाललते आज उक्त विवादमा आदेश गर्दै आदेश प्राप्त मितिले २४ घण्टाभित्र हटाउन र यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रसारण, पुनःप्रसारणलगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नु नगराउनु भनेको छ । साथै, अदालतले आदेश गरेका कुनै पनि सामग्री प्रशारण नगर्न सञ्चार जगतको ध्यानाकर्षण गराएको छ ।


    तेस्रो आँखा