काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दैछ। नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका रास्वपाका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेको बारेमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ। यता सरकारले आगामी वैशाख २८ गतेका दिनमा बजेट अधिवेशन बोलाएको छ। यिनै दुईवटा मुख्य विषयहरूमा छलफल गर्न र त्यस उपर रणनीति बनाउनका लागि आज बिहान ८ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ।
यी दुई विषयहरू बाहेक अन्य समसामयिक विषयहरुमा पनि चर्चा हुने रास्वपाका एकजना केन्द्रीय नेताले जानकारी दिए।
