• ट्रेण्डिङ्ग :
सामुदायिक वनभित्र शव फेला

सामुदायिक वनभित्र शव फेला


  • 3.3K
    SHARES
    • बैशाख २५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.0K Views

    सामुदायिक वनभित्र शव फेला

    कञ्चनपुर, २५ वैशाख : शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनभित्र आज अन्दाजी ३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार नग्न अवस्थामा शव फेला परेको हो । “शवको पहिचान हुन सकेको छैन”, उहाँले भन्नुभयो, “शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाएका छौँ ।”

    images

    शव १५/२० दिन अघिको हुनसक्ने अनुान गरिएको छ । नगरपालिका–७ का वडा अध्यक्ष प्रतापसिंह धामीले शव पहिचानका लागि आवश्यक कुनै सबुत प्रमाण घटनास्थलमा नभेटिएको बताउनुभयो । प्रहरीले उक्त बेवारिसे शवबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ । -


    तेस्रो आँखा