• ट्रेण्डिङ्ग :
सुकेधारामा पुरुषको शव फेला

सुकेधारामा पुरुषको शव फेला


  • 2.3K
    SHARES
    • जेठ १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.5K Views

    सुकेधारामा पुरुषको शव फेला

    काठमाडौँ, १ जेठ । काठमाडौँको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा आज एक पुरुषको शव फेला परेको छ । 

    images

    काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित नालीमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भई हाल काठमाडौँ–७ चावहिल बस्दै आएका ४४ वर्षीय भीषण गिरीको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार नालामा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो । 

    प्रवक्ता अधिकारीका अनुसार गिरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । 


    तेस्रो आँखा