• ट्रेण्डिङ्ग :
नीति तथा कार्यक्रमः अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री

नीति तथा कार्यक्रमः अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री


  • 5.6K
    SHARES
    • जेठ १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 8.6K Views

    नीति तथा कार्यक्रमः अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री

    काठमाडौँ, १ जेठ । सरकारले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै उक्त सामग्री देशभित्रै उत्पादन गरिने र स्थानीय तहमार्फत निःशुल्क उपलब्ध गराउन प्रबन्ध मिलाइने उल्लेख गर्नुभयो । 

    images

    साथै अपाङ्गता भएका व्यक्तिलाई सम्मानपूर्ण जीवनको प्रत्याभूति गर्न अपाङ्गता विशेष कार्यक्रम सञ्चालन गरिनेछ समेत नीति तथा कार्यक्रममा उल्लेख छ । “अपाङ्गतामैत्री सार्वजनिक संरचना तथा सेवाप्रवाहको व्यवस्था मिलाइनेछ, दलित, मुसहर, पिछडा वर्ग, वादी, लोपोन्मुख तथा सीमान्तकृत जाति एवम् लैङ्गिक अल्पसङ्ख्यकको अधिकार सुरक्षित गरिने छ”, नीति तथा कार्यक्रममा उल्लेख छ ।


    तेस्रो आँखा