• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा बैठक : प्रमुख प्रतिपक्षीको अवरोध जारी

प्रतिनिधिसभा बैठक : प्रमुख प्रतिपक्षीको अवरोध जारी


  • 3.4K
    SHARES
    • जेठ १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.2K Views

    प्रतिनिधिसभा बैठक :  प्रमुख प्रतिपक्षीको अवरोध जारी

    काठमाडौँ, १ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पुरानै माग उठाएर अवरोध गरेको छ । प्रमुख प्रतिपक्षी दलको अवरोधपछि आजको बैठक स्थगित भएको छ ।

    images

      उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने कांग्रेसको माग छ । सोही माग दोहोऱ्याएर कांग्रेसले संसदको वेल घेराउ गरेको छ ।

         आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुहुने र राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्नुहुने कार्यसूची रहेको थियो ।

         त्यसैगरी आजको बैठकमा सभामुख सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची थियो । सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची पनि आज राखिएको थियो । त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नुहुने कार्यसूची निर्धारण गरिएको थियो । प्रतिनिधि सभाको अर्को बैठक विसं २०८१ साल जेठ ३ गते बिहीबार बिहान ११ बजे बस्नेछ ।


    तेस्रो आँखा