• ट्रेण्डिङ्ग :
बबई नदीमा डुबेर दाजुभाइको मृत्यु

बबई नदीमा डुबेर दाजुभाइको मृत्यु


  • 12.4K
    SHARES
    • जेठ १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 19.0K Views

    बबई नदीमा डुबेर दाजुभाइको मृत्यु

    बबई, ०१ जेठ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । उनीहरुको बबई गाउँपालिका वडा नं. ७ ओदाले घाटमा पौडी खेल्ने क्रममा मंगलबार मृत्यु भएको हो । 

    images

    दुई दाजुभाइ सोमवार मात्रै भारतबाट ओदालेमा रहेको फुपूको घरमा आएको बुझिएको छ । प्रहरीका अनुसार १६ वर्षिय दिपेश परियारको बबई नदीबाट शव निकालिएको थियो भने १८ वर्षिय दिपक परियारको उद्धार गरेर अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । 

    शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख अजयजंग थापाले जानकारी दिए । 


    तेस्रो आँखा