• ट्रेण्डिङ्ग :
पूर्वप्रधानसेनापति सिंहको निधन

पूर्वप्रधानसेनापति सिंहको निधन


  • 2.7K
    SHARES
    • जेठ ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.2K Views

    पूर्वप्रधानसेनापति सिंहको निधन

    काठमाडौँ, ३ जेठ । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ ।
     
    उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति हुनुहुन्थ्यो । उहाँको कार्यकालमा नेपाली सेनाको सङ्गठन सुधारका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन भएको थियो । उहाँको तीन छोरा र एक छोरी हुनुहुन्छ ।

    images


    तेस्रो आँखा