• ट्रेण्डिङ्ग :
बुद्ध जयन्तीमा विद्यार्थीको सहयोग 

बुद्ध जयन्तीमा विद्यार्थीको सहयोग 


  • 4.3K
    SHARES
    • जेठ ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.7K Views

    बुद्ध जयन्तीमा विद्यार्थीको सहयोग 

    तुलसीपुर ११ जेठ/बुद्ध जयन्तीको अवसर पारेर तुलसीपुर मेट्रो कलेज बिएएलएलबी दोस्रो सेमेस्टरका विद्यार्थीहरुले मानव सेवा आश्रम तुलसीपुरमा सहयोग गरेका छन् । मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बुद्धको उपदेशलाई मनन गरेर बुद्ध पूर्णिमाको अवसरमा सहयोग गरिएको हो ।

    images

    लुम्बिनी बौद्ध विश्वविद्यालयले सञ्चालन गरेको कलेजमा बुद्ध दर्शनका बारेमा समेत अध्यापन हुने गरेको छ । सहयोग कार्यक्रममा विद्यार्थीहरुले मानवताको धर्मलाई सबैले पालना गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा शिक्षक किशोर अर्याल, रेशम ओली, विद्यार्थीहरु इन्द्र बहादुर केसी, अभिना गिरी लगायतले बुद्ध दर्शनका बारेमा भनाइ राखेका थिए ।

    विद्यार्थीहरुले मानवताको नाताले सहयोग गरेकोमा व्यवस्थापन हिरु जोशीले धन्यवाद दिएका थिए । विद्यार्थीहरुले खाजा खर्च कटाएर १० हजार सहयोग गरेका हुन् । 


    तेस्रो आँखा