रुकुम १५ जेठ/ यार्सागुम्बा संकलनका लागि डोल्पा पुगेकी रुकुम पश्चिमकी एक युवतीको मृत्यु भएको छ । आठविसकोट नगरपालिका वडा नं। ४ गोतामकोट विष्ट गाउँकि २२ वर्षीया जमुना विष्टको लेक लागेर बिरामी भएपछि ज्यान गएको हो ।
सोमबार डोल्पाको काइके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यार्सागुम्बा टिप्न डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला लेक लागेर बिरामी भएपछि साथमा रहेकी कान्छी बहिनी सरस्वती विष्टसहित घर फर्कँदै गरेको बेला बाटोमै जमुनाको मृत्यु भएको प्रहरीको भनाई छ ।
