• ट्रेण्डिङ्ग :
जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण


  • 3.5K
    SHARES
    • जेठ १७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.3K Views

    जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

    रुपन्देही, १७ जेठ । उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

    images

    तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

    अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई रु १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही रु पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको हो


    तेस्रो आँखा