• ट्रेण्डिङ्ग :
अपाङ्गता भएकालाई सहयोगी उपलब्ध गराउन माग

अपाङ्गता भएकालाई सहयोगी उपलब्ध गराउन माग


  • 2.2K
    SHARES
    • जेठ २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.4K Views

    अपाङ्गता भएकालाई सहयोगी उपलब्ध गराउन माग

    काठमाडौँ, २२ जेठ/ राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका पदमबहादुर परियार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद कृष्णप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिलाई सहयोगी उपलब्ध गराउन माग राख्नुभएको छ ।

    images

    उहाँहरुले बैठकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताको माग गर्दै शान्तिवाटिकामा ३६ दिनदेखि अनशनरत अपाङ्गता भएका  दीपक भण्डारी बिरामी भएर अस्पतालमा भर्ना भएका सदनलाई  अवगत गराउनुभयो । अपाङ्गता भएका व्यक्तिसम्बन्धी ऐन २०७४ लागू गर्नुपर्ने र तत्काल अपाङ्गता भएका व्यक्तिलाई आवश्यकताका आधारमा सहयोगीको उपलब्ध गराउनुपर्नेमा सांसद परियारले जोड दिनुभयो । 

    सांसद अधिकारीले सहाराविहीन अपाङ्गता भएका व्यक्तिलाई सहयोगीको व्यवस्था गर्ने नियामावलीलाई यथाशीघ्र लागू गर्न सम्बन्धित मन्त्रालयलयाई निर्देशन दिनुपर्ने बताउनुभयो । 


    तेस्रो आँखा