• ट्रेण्डिङ्ग :
दाङमा चक्कु प्रहारबाट युवक गम्भिर घाइते

दाङमा चक्कु प्रहारबाट युवक गम्भिर घाइते


  • 3.3K
    SHARES
    • जेठ ३०, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.1K Views

    दाङमा चक्कु प्रहारबाट युवक गम्भिर घाइते

    दाङ, ३० जेठ । दाङकाे तुलसीपुरमा चक्कु प्रहारबाट एक युवक गम्भिर घाइते भएका छन् । 

    images

    बुधबार राति साढे १२ बजेकाे समयमा तुलसीपुर-४ मजुवा ठूलाखाली चाेक बस्ने वर्ष २४ का गाेरखलाल खड्कालाई चाेकमा बसिरहेकाे अवस्थामा सामान्य विवादपछि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट खड्काकाे ढाडमा गहिराे चाेट लागेकाे छ । 

    खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकाे छ । 

    उनकाे अवस्था गम्भिर रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । 

    चक्कु प्रहारमा संलग्न तुलसीपुर ४ का २१ वर्षीय पवन केसीलाई चक्कुसहित प्रहरीले पक्राउ गरेकाे छ । घटनामा संलग्न साेहि ठाउँका १८ वर्षीय झक्कु वली र करिव २२ वर्षीय विकाश पुन पनि पक्राउ परेका छन् । 

    घटना स्थलबाट प्रहरीले रा६प ५०, रा४प ५२४ र रा६प ४०६२ नम्बरकाे माेटरसाइकलाई नियन्त्रणमा लिएकाे छ । 


    तेस्रो आँखा