• ट्रेण्डिङ्ग :
चक्कु प्रहारबाट गम्भिर घाइते युवकको उपचारको क्रममा मृत्यु

चक्कु प्रहारबाट गम्भिर घाइते युवकको उपचारको क्रममा मृत्यु


  • 5.3K
    SHARES
    • जेठ ३१, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 8.2K Views

    चक्कु प्रहारबाट गम्भिर घाइते युवकको उपचारको क्रममा मृत्यु

    तुलसीपुर, ३१ जेठ । धारिलो हतियार चक्कु प्रहारबाट गम्भिर घाइते भएका तुलसीपुरका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर ४ निवासी २४ वर्षीय गोरखलाल खड्काको क्रिसेन्ट हस्पिटल लखनउमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

    images

    खड्कालाई बुधबार बिहान साढे १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका ४ मजुवा ठुलाखाली चोकमा बसिरहेको अवस्थामा २र३ जनाको समूहमा आएका युवाहरुको समूहले धारिलो हतियार चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भिर घाइते भएका खड्कालाई तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि नेपागञ्ज रिफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारको लागि लखनउ रिफर गरिएको थियो । 

    उहाँको उपचारको क्रममा बुधबार साँझ सवा सात बजेतिर निधन भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक थापाका अनुसार चक्कु प्रहारबाट गोरखलाललाई ढाडमा गहिरो चोट लागेको थियो । 

    चक्कु प्रहार गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिइको छ । 


    तेस्रो आँखा